सहारा दैनिक

spot_img
Homeदेशआर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा ऐतिहासिक जिल्ला हो–सभापति देउवा

आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा ऐतिहासिक जिल्ला हो–सभापति देउवा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ असोज ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पर्सा जिल्ला देशकै महत्वपूर्ण जिल्ला भएको बताउनु भयो ।
उहाले राणा र पञ्चायत विरुद्ध कांग्रेसले गरेको सशस्त्र संघर्ष पर्साको वीरगंजबाटै सुरु भएको स्मरण गर्दै देशको अर्थतन्त्रमा पनि पर्सा जिल्लाकै अहम योगदान रहेको बताउनु भयो ।
विगतमा राणा र पञ्चायत विरुद्धको कांग्रेसले गरेको सशस्त्र संघर्षको बिगुलपनि पर्साको वीरगंजबाटै फुकिएको थियो भन्दै सभापति देउवाले देश हांक्ने जिम्मेवारी फेरि कांग्रेसको कांधमा आए आफुले सफलतापूर्वक निर्वाह गर्ने बताउनु भयो ।
उहाले विगतमा पनि जिम्मेवारी सफलतापूर्वक निभाएको र आउने दिनमापनि त्यो अवसर कांग्रेस र आफ्नो कांधमा आए सफलतापूर्वक निभाउने बताउनु भयो ।
वीरगंज महानगरपालिका वडा नं. २४ स्थित नेपाली कांग्रेस पर्साको कार्यालय रहेको आत्माराम ओझा–दुखा सहनी स्मृति भवनको सभापति देउवाले उद्घाटन गर्नु भयो ।
सो अवसरमा उहाले पर्सामा कांग्रेसका महान सपुतद्वय स्वं आत्माराम ओझा र दुखा सहनीको नाममा पार्टी कार्यालय भवन निर्माण गरेकोमा पर्साको कांग्रेस नेतृत्वलाई धन्यवाद पनि दिनु भयो ।
रु. १ करोड २९ लाखको लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवन तीन तल्ले रहेको छ । वीरगंज महानगरपालिका, विभिन्न दाता र कांग्रेसका नेताहरुको सहयोगमा सुविधा सम्पन्न पार्टी कार्यालय भवन निर्माण गरिएको कांग्रेस पर्साका सह सचिव नविन सिंहले वताउनु भयो ।
नेपाली कांग्रेस पर्साका सभापति एवं मधेस सरकारका कृषि मन्क्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यत्रममा कांग्रेसका सह–महामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य एवं कानुनमन्त्री अजय चौरसिया, केन्द्रीय सदस्य रमेश रिजाल, आनन्द ढुंगाना, संविधान सभा सदस्य अनिल रुंगटा, उमेशजंग रायमाझी, नगिना यादव, पूर्वमन्त्री सुरेन्द्र चौधरी, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, प्रदेश सभा सदस्यहरु श्याम पटेल, शंकर चौधरी, नेता शोभाखर पराजुली, कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक गुप्ता, जिल्ला सचिवद्वय इम्तियाज आलम र दिनेश चौधरी लगायत नेता/कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -