सहारा दैनिक

spot_img
Homeअर्थकस्मेटिक लगायतका मालबस्तुहरू लोड ट्रक नियन्त्रण

कस्मेटिक लगायतका मालबस्तुहरू लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ असोज ।
पर्सा प्रहरीले विल विजक भन्दा बढीका कस्मेटिक लगायतका मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.२५ स्थित आई.सि.पी चोकबाट कस्मेटिक लगायतका मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
वीमनपा वडा नं.२५ स्थित आई.सि.पी चोकबाट नियन्त्रणमा लिएको बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकमा रु. ५८ लाख ८६ हजार ३० बराबरको विल विजक भन्दा बढीका कस्मेटिक लगायतका मालबस्तुहरू अवस्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -