सहारा दैनिक

spot_img
Homeदेशमुलुक स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बन्दै छ–सभापति देउवा

मुलुक स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बन्दै छ–सभापति देउवा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ असोज ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता कार्यान्वयनपछि मुलुक शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ ।
पर्सा जिल्ला पटेवा सुगौली गाउँपालिकामा नवनिर्मित आधारभुत अस्पताल भवनको मंगलवार आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उस्तो बताउनु भएको हो ।
उहाले संघीयतालाई थप बलियो बनाउँदै नागरिकहितमा काम गर्नुपर्नेमा जोड दिंदै मुलुक संघीय संरचनामा गइसकेपछि सोही ढाँचा अनुसार नै शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुँदै गइरहेको दावी गर्नु भयो ।
सरकारले आधारभूत सेवालाई जनस्तरसम्म पुर्‍याउनको लागि अधिकतम प्रयास गर्दै आइरहेको छ, जसको फलस्वरूप आज यहाँ पनि अस्पताल स्थापना भएको भन्नु भयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले अहिले जनताको सबैभन्दा ठूलो आवश्यकता नै स्वास्थ्य उपचार र शिक्षा हो । यी दुवै कुराको सम्बोधनका लागि सरकारले ध्यान दिइरहेको बताउनु भयो ।
सो अवसरमा उहाले आधारभूत अस्पताललाई जनताको स्वास्थ्य सेवामा प्रभावकारी ढंगले प्रवाह गर्न अनुरोध गर्नुभयो । उहाँले अस्पतालले पालिकाका मात्र नभइ अन्य क्षेत्रका बिरामीलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधनमार्फत मधेशी, दलित, जनजाति र मुस्लिम समुदायको अधिकारको दायरालाई अझै फराकिलो पार्दै लैजाने बताउनुभएको छ ।
मन्त्री चौरसियाले मधेशी समुदायको अधिकार स्थापनाका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको दावी गर्नु भयो ।
उहाँले सरकारको प्रमुख साझेदारको हैसियतले आगामी दिनमा पनि समानुपातिक समावेशिताका सवाललाई रक्षा गर्न हाम्रो पार्टी र सरकार कटिबद्ध भएर लाग्ने छ भन्नु भयो ।
मन्त्री चौरसियाले परिवर्तन र पटक–पटक जनअधिकार खोस्ने प्रयासका विरुद्ध संघर्ष गरेर आएका पार्टी कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गठबन्धन सरकारले जनअधिकारलाई थप सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने दावी पनि गर्नु भयो ।
त्यसै गरी पुर्व मन्त्री एवं पर्सा क्षेत्र नं. ४ का सांसद रमेश रिजालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको सरकार स्थायित्व र संविधान संशोधनका लागि बनेको बताउनुभयो ।
उहाले संविधान संशोधनका विषयमा जनताको घर–घरमा सल्लाह र सुझाव लिएर प्रक्रिया अघि बढाउने भन्दै जनअधिकार रक्षा र संवर्धनका लागि सबैसँग समन्वय र सहमतिका आधारमा उपयुक्त ढंगले अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जर्नादनसिंह क्षेत्री, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, मधेश प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव, पूर्वमन्त्री उमाकान्त चौधरी, संविधानसभा सदस्य अनिल रुंगटा, कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतले सम्बोधन गरेका थिए ।
रु. ८ करोड १० लाखको लागतमा निर्माण १० सैयाको आधारभुत अस्पताल जिल्लाको पहिलो पटेर्वा सुगौली गाउपालिकामा स्थापना भएको गाउपालिका अध्यक्ष दिनेश चौधरीले वताउनु भयो ।
उद्घाटन संगै मंगलबारदेखि संचालनमा आएको आधारभूत अस्पतालमा डिजिटल एक्सरे, अत्याधुनिक प्रयोगशाला(ल्याब), इसिजी, अल्ट्रासाउन्ड(युसजी) र आफ्नै फार्मेसीको सेवा सहित ओपिडी र प्रसुती सेवापनि उपलब्ध रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -