सहारा दैनिक

spot_img
Homeदेशअब हुने चुनावमा अन्य पार्टीसंग तालमेल हुने सम्भावना न्यून–अध्यक्ष नेपाल

अब हुने चुनावमा अन्य पार्टीसंग तालमेल हुने सम्भावना न्यून–अध्यक्ष नेपाल

राधेश्याम साह–––––––––––––––
गौर, ०८ असोज ।
नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ०८४ सालमा हुने चुनावका लागि तयारीमा जुटन कार्यकर्ताहरुलाई आहृवान गर्नु भएको छ ।
नेकपा (एस) रौतहट जिल्ला समिति द्वारा मंगलबार गौरमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब हुने चुनावमा अन्य पार्टीसंग तालमेल हुने सम्भावना न्यून रहेकोले पार्टी एकलै लडे पनि जित्ने गरि तयारी गर्न आग्रह गर्नु भयो ।
चुनावका लागि मजबुत ढंगले तयारी गर्न टोल–टोल, गाउ–गाउ, बस्ति बस्तिमा जान पार्टीका कार्यकर्तालाई आहृवान गर्दै काठमाण्डौमा मात्र बसेर हुदैन, सदरमुकाममा मात्र केन्द्रित भएर भएन, गाउ गएर आफ्नै घरमा मात्र बसेर भएन जनताको घरमा गई सुख दुःखमा साथ दिन कार्यकर्तालाई निर्देशन दिनु भयो ।
नेतृत्वमा युवा जमातको खांचो रहेको बताउदै अध्यक्ष नेपालले आफु उमेरले ७४ भएपनि संगठनको जिम्मेवारी लिई सकेपछी अहोरात्र पार्टीको काममा खट्नु परि रहेको बताउनु भयो ।
पछिल्लो ६/७ महिना पार्टी संगठनको कामले व्यस्त भएका कारण रौतहट नआएको बताउदै उहाले म काठमाडौंबाट निस्कन लाग्दा कतिले भने मधेशमा गर्मि छ नजानुस “दिल हेै कि मानता नही” संगठनको कामको लागि मैले जस्तो सुकै चुनौति स्विकार गरेर आगाडी बढन तयार रहेको बताउनु भयो ।
पार्टी कार्यकर्तालाई कसैको निरासाले निरास नहुन र कोही भडकाउदैमा नभड्किन सचेत गराउदै अध्यक्ष नेपालले समाजवादी अभियान –समाजवादी यात्रा रेलको सवारी जस्तै रहेको भन्दै रेलको सवारीमा कोही चढछन ,कोही ओर्लिन्छन, कोही पुनः चढछन तर रेल आफ्नो गन्तव्यमा आगाडी बढिरहेको हुन्छन भन्नु भयो ।
रोतहट क्षेत्र नं. १ का सांसद समेत रहेका पुर्व प्रधानमन्त्री नेपालले जिल्लामा बागमति र लाल बकैया नदिमा निर्माणाधीन पक्की पुल , गौर – चन्द्रनिगाहपुर फोर लेन सडक काम सुरु गराउने काम ,कृषिका लागि सिचाइ व्यवस्थापन गर्न खेतखेतमा व्यवस्थित विधुतिकरण लगायतका काममा लागि परेको बताउनु भयो ।
अध्यक्ष नेपालले स्थानीय सरकारलाई ईमान्दारी पुर्बक काम गर्न सुझाव दिदे विकासको काममा भ्रष्टाचार नगर्न सचेत पनि गराउनु भयो ।
नेकपा (एस) जिल्ला अध्यक्ष कमल राय यादवको सभापतित्वमा आयोजित कार्यक्रममा उपमहासचिव राम कुमार भट्टराई ,केन्द्रीय सदस्य सरला यादव, मधेस प्रदेश सांसद कनिस पटेल , गौर नगर प्रमुख शम्भु साह, बौधीमाई नगर प्रमुख प्रदिप कुमार यादव , वृन्दावन नगर प्रमुख विनोद पटेल लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा पार्टीका अध्यक्ष पदमा सर्वसहमत निर्वाचित हुनु हुने अध्यक्ष माधव कुमार नेपाल सहित केन्द्रीय पदाधिकारीलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा नेकपा एमाले परित्याग गर्ने माधव नारायण कमिटी सचिव सुब्बा साहेब पासवानलाई अध्यक्ष नेपालले माला अबिर लगाई नेकपा एस प्रबेश गराउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -