सहारा दैनिक

spot_img
Homeदेशगण्डकीजोशीलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप

जोशीलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप

गण्डकी, ७ असोज (रासस)
सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा आइतबार पक्राउ पर्नुभएका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीलाई पाँच दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ ।
जोशीलाई कास्की जिल्ला अदालतको इजलासले अनुसन्धानका लागि आज पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । काठमाडौँबाट पक्राउ पर्नुभएका जोशीलाई आइतबार नै पोखरा ल्याइएको र आज अदालतमा उपस्थित गराइएको थियो ।
जोशीलाई अदालतमा उपस्थित गराउँदा सहकारी पीडित पनि अदालत परिसर पुगेका थिए । त्यसअघि पीडितले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -