सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ असोज ।
पर्सा प्रहरीले झण्डै २ करोड बराबरको मालबस्तुहरू लोड रहेको नियन्त्रणमा लिएको दुई ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १९ र वडा नं. २५ स्थितबाट नियन्त्रणमा लिएको झण्डै २ करोड बराबरको मालबस्तुहरू लोड रहेको नियन्त्रणमा लिएको दुई ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१९ स्थित सिर्सिया चोकमा ना.५ ख १६७ नम्बरको मालबाहक ट्रकमा साथमा रहेको विल विजक भन्दा बढीका हार्डवेयर लगायतका मालबस्तुहरू लोड गरी वीरगंजबाट काठमाण्डौतर्फ लैजांदै गरेको अवस्थामा शनिवार नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
उक्त ट्रकमा १ करोड ४२ लाख १ हजार ७ यस ९१ बराबरको लोड रहेको हार्डवेयर लगायतका मालबस्तुहरू आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
त्यसै गरी जिप्रका पर्साको टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ ड्राईपोर्ट स्थित सडकखण्डबाट ना.७ ख ७४२४ नम्बरको मालबाहक ट्रकमा साथमा रहेको विल विजक भन्दा बढीका ज्बचम क्गष्तअबकभ ध्ष्तज त्चयििथ लगायतका मालबस्तुहरू लोड गरी क्ष्ऋए बाट वीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रनाउ भारतीले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिएको उक्त ट्रकमा अ.मु.रू.५२ लाख २२ हजार ९ सय १४ मुल्य बराबरका मालबस्तुहरू आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
झण्डै २ करोड मुल्य बराबरको सामानहरु सहित २ ट्रक नियन्त्रण
Facebook Comments Box