सहारा दैनिक

spot_img
Homeदेशप्राप्त उपलब्धिको रक्षा जरुरी–अध्यक्ष डा. राउत

प्राप्त उपलब्धिको रक्षा जरुरी–अध्यक्ष डा. राउत

धनुषा, ४ असोज (रासस)
प्रतिनिधिसभा सदस्य एवं जनमत पार्टीका अध्यक्ष डा सीके राउतले संविधानमार्फत मुलुकले गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीता लगायतका उपलब्धि प्राप्त गरेकाले यसको रक्षा जरुरी भएको बताउनु भएको छ ।
आज जनकपुरधाममा आयोजित पार्टीका कार्यकर्ताको प्रशिक्षण तथा शुभकामना कार्यक्रममा अध्यक्ष डा राउतले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने र प्रदेशहरुको सिमाङ्कन पनि सच्याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
उहाँले संविधान संशोधन गरी नागरिकका थप अधिकार समेट्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत, राष्टिूय उपाध्यक्ष एवं मधेस प्रदेशसभा सदस्य ई वसन्त कुशवाहा, प्रतिनिधिसभा सदस्य अनिता देवी साह, कार्यकारिणी सदस्य शम्भुनाथ साहलगायतले पार्टी सङ्गठनलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रेखा मण्डल, इन्द्रजीत यादव, केन्द्रीय सदस्य किलेश मण्डललगायतले मन्तव्य राखेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -