सहारा दैनिक

spot_img
Homeदेशमहानगरको सबै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुंच सुनिश्चित गरिने

महानगरको सबै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुंच सुनिश्चित गरिने

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ असोज ।
वीरगंज महानगरपालिकाले ३२ वटै वडाका नागरिकको पहुंचमा सुरक्षित र स्वच्छ खानेपानी पुर्‍याउन गुरुयोजना तयार गरी लागु गर्ने तयारी गरेको छ ।
वीरगंज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाई कार्य योजना लागु गरी महानगरका सबै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुंच पुर्‍याउन लागिएको हो ।
शुक्रबार महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यकक्षमा बसेको बैठकमा मेयर सिंहले स्वच्छ र सुरक्षित खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न गुरु योजना बनाएर कार्यान्वयन गर्न ढिलाई भइरहेको भन्दै छिटो योजनालाई कार्यान्वयनमा लैजान जरुरी रहेको बताउनु भयो ।
सुरक्षित र स्वच्छ खानेपानीको पहुंच सुनिश्चित गर्नु आफ्नो मुख्य प्राथमिकता भएको भन्दै उहाले सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकमा खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, नेपाल खानेपानी संस्थान र युनिसेफको सयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्य योजना लागु गर्ने निर्णय भएको जनाइएको छ ।
मेयर सिंहको अध्यक्षतामा बसेको बैठकमा उप–मेयर इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक त्रीदिप कुमार श्रेष्ठ, इन्जिनियर निरण महर्जन, प्रविण कुमार साह, युनिसेफका प्रमुख इरफान एस, सुरेन्द्र बावु ढकाल, सिद्धि श्रेष्ठ, महानगरपालिकाका प्राविधिक सल्लाहकार इन्जिनियर प्रकाश अमात्य, राकेश साह लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -