सहारा दैनिक

spot_img
Homeअर्थ१७ लाख मूल्य बराबरको अवैध सामानहरु भन्सार दाखिला

१७ लाख मूल्य बराबरको अवैध सामानहरु भन्सार दाखिला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ असोज ।
सशस्त्र प्रहरी बल नेपाल, पर्साले विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रुपमा भित्राइएको रु १७ लाख मूल्य बराबरका सामानहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले भन्सार छलीका कपडा सहितको किरानाका सामानहरु बरामद गरेको हो ।
सशस्त्र प्रहरी बलको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित इनर्वाबाट अवैध रुपमा भित्रिएका किरानाका सामान, कपडा, जुत्ता लगायतका सामान बोकेको ना ५७ प ५३२६ नम्बरको मोटरसाइकल सहित रु. १४ लाख ६४ हजार ७ सय ७० मूल्य बराबरको सामानहरु बरामद गरेको जनाइएको छ ।
त्यसै गरी सशस्त्र प्रहरी बल वि.ओ.पि सिर्सियाबाट खटिएको टोलिले रु. २ लाख १० हजार ५ सय १० मुल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ भने वि.ओ.पि. अमरपट्टीबाट खटीएको टोलीले रु. ५२ हजार मुल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका प्रवक्ता प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर कुँवरले जानकारी दिनु भयो ।
उहाले अवैध रुपमा भन्सार छली गरेर भित्राइएका लत्ताकपडा सहितका अन्य सामानहरु शुक्रबार वीरगंज भन्सार कार्यालयमा दाखिला गरिएको जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -