सहारा दैनिक

spot_img
Homeदेशमधेशविभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

सहारा संवाददाता–––––––––––––––
कलैया, ०३ असोज ।
विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा दाखिला गरिएको हो ।
प्रहरी कारवाहीको सिलसिलामा बुधवार अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले फरार प्रतिवादीहरु कलैया उपमहानगरपालिका वडा नं. १ बस्ने मन्जु रहमान, मासुमा भन्ने मनोरमा, सुकुट माझी मुसहर, कउमनपा वडा नं. ११ बस्ने शिवरानी भन्ने शिउतरनिया थरूनी र वडा नं. ७ बस्ने सरद कुमार उपाध्यायलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बारा कलैयामा दाखिला गरिएको जिप्रका बाराले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -