सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ असोज ।
समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा प्रहरीले समाजिक सञ्जाल फmेसबुक, टिकटक, क्ष्लकतबनचब, त्धष्ततभच, ध्जबतकबउउ र ःबककभलनभच मा प्ष्लन इा एबचकब भन्ने क्ष्म् बनाएर सो क्ष्म् मार्फत समाजमा अराजक गतिविधि फैल्याउने एक जनालाई पक्राउ गरेको हो ।
समाजिक सञ्जाल मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हाततियारको प्रदर्शन गरी डर क्रास सृजना गर्ने, अराजक गतिविधी गरि समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक त्रियाकलापमा सलंग्न रहेको आरोपमा वीरगंज महानगरपालिका वडा नं.१५ लक्ष्मणवा बस्ने वर्ष २१ ओम कुमार पटेललाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमाचोक नजिकबाट पटेललाई पक्राउ गरी निज विरूद्ध सार्वजिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ भने यस्ता गतिविधिहरूमा सलंग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको हुंदा निजहरूलाई तदारूक्ताका साथ खोजतलास गरिरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
उहाले यस्ता गतिविधीहरू नगर्न हुन सर्वसाधारणहरूमा अनुरोध गर्दै गरेको पाइएमा कानून बमोजिम कारवाही हुने चेतावनी पनि प्रेस विज्ञप्ती मार्फत दिनु भएको छ ।
समाजिक सञ्जालमा हातहतियार प्रदर्शन गर्ने युवक पक्राउ
Facebook Comments Box