सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० भदौ ।
पर्सा जिल्ला सदरमुकाम वीरगंज महानगरपालिकालाई ग्रामीण भेगसंग जोड्ने बहुदरमाई नगरपालिकाको सीमानामा रहेको गण्डक नहर सडकको तिलावे पुल क्षतिग्रस्त भए पछि आवतजावतमा समस्या भएको छ ।
पछिल्लो समय आएको वर्षातको पानीको बहावले तिलावे पुलको फाउण्डेसनसागै रहेको स्पान(पिलर) क्षतिग्रस्त भएका कारण पुल जोखिमयुक्त बनेको हो ।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउण्डेसनसंगै रहेको स्पान भत्किएका कारण सवारीसाधन चलाउन नमिल्ने अवस्थामा पुगेको बताउनु भएको छ ।
विगत देखि नै जिर्ण अवस्थामा रहेको तिलावे पुल निर्माणमा सम्बध निकायले चासो नदेखाउदा अहिले जोखिमयुक्त बन्न पुगेको स्थानीयहरुले गुनासो व्यक्त गरेका छन ।
पुलको पिलरमा चिरा परेर भत्किने अवस्थामा रहेकाले तिलावे पुलबाट हुने आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको छ ।
प्रमुख पटेलले गण्डक नहरसंगै ५० वर्षअघि पुलको संरचना निर्माण गरिएको बताउनु भयो ।
उहाले वर्षौंदेखिको जीर्ण पुल भएकाले मर्मत सम्भार भन्दा पनि नयाँ पुल नै निर्माण गर्नु पर्ने बताउनु हुन्छ ।
Facebook Comments Box