सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० भदौ ।
पर्सा जिल्ला कालिकामाई गाउपालिकाको १० औं गाउसभा वादविवाद विच सम्पन्न भएको छ ।
गाउपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको सभापतित्वमा आयोजित गाउसभाको बहुमत सदस्यले रु ३४ करोड ८३ लाख १७ हजार ७ सय ४० बराबरको बजेट पारित गरेका छन् ।
गाउ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्तामा आइतबार आयोजित गाउसभामा बहुमत सदस्यले हस्ताक्षर गरेको माइन्युट वडा नं. २ का वडाध्यक्ष सोनालाल चौरसियाले च्याते पछि पुनः लेखिएको अर्को माइन्युट पनि गाउपालिकाकी उपाध्यक्ष राजमती बरैनीले च्याते पछि उत्पन्न विवाद विच गाउपालिका अध्यक्ष गुप्ताले गाउसभाको बैठक जारी राखेका थिए ।
गापा अध्यक्षले गाउसभा जारी नै राखे पछि विरोधमा रहेका उपाध्यक्ष सहितका केही गाउसभा सदस्यहरु बहिस्कार गरी सभाहलबाट बाहिरिएका थिए ।
त्यसपछि पनि जारी गाउसभामा बहुमत सदस्यले आर्थिक बर्ष २०८१/०८२ को बजेट पारित गरेको गाउपालिका अध्यक्ष गुप्ताले जानकारी दिनु भयो ।
उहाले पारित बजेटमा चालुगत तर्फ रु ६ करोड ४० लाख र पुंजिगत तथा सशर्त तर्फ रु २८ करोड ४३ लाख रहेको जानकारी दिनु भयो ।
चालुगत तर्फको बजेटमा वडा स्तरीय योजनाको लागि रु ८० लाख, उपाध्यक्ष स्तरीय योजनाको लागि रु एक करोड ४० लाख र गाउपालिका स्तरिय योजनाको लागि रु २ करोड १० लाख छुट्याइएको जनाइएको छ ।
बहुमत सदस्यहरुद्वारा ३४ करोड ८३ लाख बराबरको बजेट पारित
Facebook Comments Box