सहारा दैनिक

spot_img
Homeदेशमधेशमुक्त हारवाचरवा र दलित जनप्रतिनिधि बिच अन्तरक्रिया

मुक्त हारवाचरवा र दलित जनप्रतिनिधि बिच अन्तरक्रिया

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ भदौ ।
मुक्त हारवाचरवा अधिकारका मंचका प्रतिनिधि र वीरगंज महानगरपालिकाका दलित जनप्रतिनिधिहरु बिच अन्तरक्रिया भएको छ ।
द फ्रिडम फण्डको सहयोगमा ब्रिलिएन्ट युवा क्लबको आयोजनामा संचालित मुक्त हरवाचरवाको स्वभिमान तथा मानव अधिकारको प्रर्वधन गर्दै उनीहरुको आर्थिक समाजिक रुपमान्तरण पैरवी गर्ने (फहल) कार्यक्रम अन्तर्गत आयोजित अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमममा सहभागि दलित जनप्रतिधिहरुसंग मंचका प्रतिनिधिहरुले मुक्त हारवाचरवाहरुको न्यायिक मांगलाई सम्बोधन गराउन महानगरपालिकासंग पहल गरिदिन अनुरोध गरेका छन ।
पुस्तौदेखि दास्ता प्रथाको अवशेषको रुपमा रहेको हारवाचरवा प्रथाबाट हामीले कागजी रुपमा मुक्ति पाएपनि पुनरस्थापनाको काम अगाडी नबढेको हुनाले पुनरस्थापनामा स्थानिय सरकारको अत्याधिक भुमिका रहेकोले माहनगरलाई उक्त भुमिका खेलिदिनको लागि दलित जनप्रतिनिधिहरुलाई पहल कदमी लिईदिनको लागि आग्रह गरेका थिए ।
मंचका महानगर समितिका अध्यक्ष राजकिशोर पासवानको सभाफतित्वमा आयोजित अन्तरक्रिया कार्यत्रममा वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य नितु राम, मंचका पर्सा जिल्ला अध्यक्ष अमरदेव पासवान, उपाध्यक्ष उमापती माझी, ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साह, दलित महिला सदस्यहरु संगिता राम, सोनी पासवान, प्रमशिला देबी दास, सिता देबी बैठा, रम्भा देबी, मंजु परियार लगायतको उपस्थिती रहेको थियो ।
वीरगंजस्थित मधुशाला रेष्टुरेन्टमा आयोजित कार्यक्रमको सहजिकरण दलित महिला अधिकारकर्मी निला रामले गरेकी थिइन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -