सहारा दैनिक

spot_img
Homeअपराधभाइको हत्या आरोपमा दाजु पक्राउ

भाइको हत्या आरोपमा दाजु पक्राउ

झापा, २८ (रासस)
आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले झापाको शविसताक्षी नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।
शिवसताक्षी नगरपालिका(८ शीतल चोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको बिहीबार राति हत्या भएको थियो ।
उनको हत्यामा संलग्न भएको आरोपमा मृतकका दाजु नारायण सिटौलालाई प्रहरीले आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनको शव घरको पछाडिपट्टि उतानो परेको अवस्थामा फेला परेको थियो ।
मृतक रामप्रसादको टाउकोमा चोट छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -