सहारा दैनिक

spot_img
Homeअर्थबिल बिजक भन्दा बढि समानहरु लोड ट्रक नियन्त्रण

बिल बिजक भन्दा बढि समानहरु लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
कलैया, २७ भदौ ।
बारा प्रहरीले भन्सार छलीका र बिल बिजक भन्दा बढिको समानहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतबाट खटिएको प्रहरी टोलीले भन्सार छलीका र बिल बिजक भन्दा बढिको समानहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
जिप्रका बाराका टोलीले कलैया उ.म.न.पा.वडा नं.१ कलैया चोक स्थितमा भन्सार छली गरी ल्याउदै गरेको १८ पोका रेडिमेट कपडा, सेण्डो गन्जी, हाप कट्टु, सुतिको गम्छाहरु अं.मुल्य रू. १८ हजार बराबरको नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यसै गरी ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.७ जीतपुर चोक स्थितमा वीरगंज बाट पथलैयातर्फ जांदै गरेको ना. १ ज ३२४२ नं.को म्याजिक गाडीबाट २ बोरा चिनी नियन्त्रणमा लिएको छ ।


सोही टोलीले बुधवार राती २३ः४० बजेको समयमा जितपुरमा वीरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना.७ ज ५९२७ नं.को डिब्बे ट्रकलाई रोकेर चेकजांचा गर्दा विलविजक भन्दा बढी र सामान श्रोत खुलाउन नसकेको अ.मुल्य रू. २७ लाख ५० हजार ५ सय ८९ मुल्य बराबरको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिएको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया चोक स्थितमा बिराटनगरबाट काठमाण्डौं तर्फ जादै गरेको प्र. १–०२–००२– ख ०१६२ नं.को बसलाई रोकेर चेक जांच गर्दा बिल बिजक भन्दा बढी रहेको अं.मुल्य रू.३ लाख १६ हजार ८ सय मुल्य बराबरको कपडा नियन्त्रणमा लिएको जनाइएको छ ।
नियन्त्रणमा लिइएका सामानहरु आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रनाउ सापकोटाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -