सहारा दैनिक

spot_img
Homeदेशपासपोर्ट भिसा नभएको बंगलादेशी नागरिक पक्राउ

पासपोर्ट भिसा नभएको बंगलादेशी नागरिक पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ भदौ ।
पर्सा प्रहरीले एक जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
चाँडपर्वलाई लक्षित गरी होटलहरूको चेकजाँच गर्ने क्रममा वीरगंज महानगरपालिका वडा नं.१६ बसपार्क स्थित आर्यन होटल एण्ड लजको कोठा नं.२०२ बाट बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो ।
बुधवार राती करिव १० बजे होटलमा फेला परेका बंगलादेशी नागरिकलाई सोधपुछ गर्दा निजको साथमा पासपोर्ट भिसा लगायत आवश्यक कागजपत्रहरू नरहेको हुंदा पक्राउ गरी आवश्यक कारवाहीको लागी अध्यागमन कार्यालय वीरगंज पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
पक्राउ परेका बंलादेशी नागरिक २९ वर्षीय महमद सहादत हुसेन बंगलादेश सिलेट होबीगंज होल्डिङ नं.७७७ निवासी रहेको प्रहरीले जनाएको छ । निजको साथबाट नेपाली ९७०८७३४१९५नम्बरको मोबाइल पनि फेला परेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -