सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ भदौ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा, प्र.सी.सु. गुल्म वीरगंज र बिरगंज भन्सार कार्यालयबाट खटीएको सयुक्त टोलीले विभिन्न गोदामबाट छापामारी गरी लाखौं मुल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
सयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ र वडा नं. १६ स्थित छुट्टा–छुट्टै गोदाममा छापामारी गरी १० लाख ५० हजार ६ सय मुल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
सयुक्त टोलीले शनिवार वी.म.न.पा. वडा नं. ८ मिनाबजार स्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा भारतबाट भन्सार छली ल्याई भण्डारण गरि राखेको अवस्थामा छापामारी गरी रु. २ लाख ७० हजार १ सय ७० मुल्य बराबरको आलु र प्याज बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साले जनाएको छ ।
त्यसै गरी सोही टोलीले वी.म.न.पा. वडा नं. १६ नगवा स्थित खुस्बु चक्लेट उद्योगको गोदाममा भारतबाट भन्सार छली ल्याई भण्डारण गरि राखेको अवस्थामा छापामारी गरी रु. ३ लाख ६ हजार ६ सय ३० मुल्य बराबरको चक्लेट, चिनी र बोरा सिलाउने मेसिन नियन्त्रणमा लिएको छ भने सोही स्थानमा नाम वतन नखुलेको व्यक्तिको घरमा लुकाई छिपाई भण्डारण गरी राखेको रु. ४ लाख ७३ हजार ८ सय मुल्य बराबरको काजु, खजुर, बदाम, बिस्कुट र किस्मिस लगायतका सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साले जनाएको छ ।
Facebook Comments Box