सहारा दैनिक

spot_img
Homeदेशनिर्माणाधीन सेफ्टी ट्यांकीमा निसासिएर तीन जनाको मृत्यु

निर्माणाधीन सेफ्टी ट्यांकीमा निसासिएर तीन जनाको मृत्यु

नवलपरासी, १४ भदौ (रासस)
नवलपरासी–बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्यांकीभिक्र काम गर्ने त्रममा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्यांकीभिक्र काम गर्ने त्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो ।
सेफ्टी टंकीभित्र तीन जना बेहोस भई लडी रहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकमध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भई रहेको जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -