सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ भदौ ।
सरकारी अर्थतन्त्र सुदृढिकरण अभियानलाई धोती लगाउदै नेपाल–भारत सिमा क्षेत्रबाट सम्बध निकायकै संरक्षणमा अवैध ओसार पोसार (तस्करी) संचालन भइरहेको समाचार प्रकाशमा आएको छ ।
एका तिर सरकारले अर्थतन्त्र सुदृढिकरणका लागी राजश्व संकलनमा विशेष जोड दिइरहेको बेला सिमावर्ती क्षेत्रबाट भने दैनिक करोडौं राजश्व चुहावट हुने गरी तस्करी कार्यले निरन्तरता पाइरहेको विभिन्न घट्ना क्रमले प्रष्ट्याइ रहेको भए पनि सम्बध निकाय मौन रहनुले संरक्षण मै भइरहेको भन्ने आशंका व्यवसायीहरु गर्छन ।
पछिल्लो केही समय देखि मधेश प्रदेश र लुम्बीनी प्रदेशको सिमावर्ती क्षेत्रबाट अवैध रुपले भित्रिने गरेको कपडा, काजु, मोटरपार्टस लगायत किराना समाग्रीहरु सहजै देशका संघीय राजधानी काठमाण्डौं पुग्ने गरेको एक व्यवसायीले राष्ट्रिय सहारालाई बताएका छन ।
भन्सार कार्यालयबाट जांचपास गराइ कारोवार गर्दै आएका ति व्यवसायीले पछिल्लो केही समय देखि मधेश प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका सिमानाका तथा लुम्बीनी प्रदेशका रुपन्देही, नवलपरासी लगायतका सिमानाकाबाट अवैध रुपले भित्रिएका कपडाहरु दैनिक झण्डै ५–६ सय गाठ काठमाण्डौं भित्रिन थाले पछि आफ्नो कारोवार ठप्प भएको बताउछन ।
भन्सार जांचपास गराउदा एक गांठ कपडा रु. ४० देखि ८० हजार लागतमा काठमाण्डौं पुर्याउन सकिन्छ । तर तस्करहरुले उक्त कपडाका गांठहरु रु. १५ देखि २५ हजार सम्ममा मात्र काठमाण्डौं पुर्याइ दिने गरेका कारण आफ्नो कारोवार ठप्प भएको ति व्यवसायीको गुनासो छ ।
पछिल्लो समय तस्करी नियन्त्रणमा सकृय भएको देखाउन सिमावर्ती जिल्लामा कृयाशिल सम्बध निकायका अधिकारीहरुले आफ्ना घुमुवाहरु मार्फत सहज एवं राजश्व तिरेर भित्रियाएको मालसामान समाएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएर मिडियाबाजी गर्न तर्फ अग्रसर देखिएका छन भने सिमावर्ती क्षेत्रबाट अवैध रुपमा भन्सार क्षली गरी भित्रियाइएका मालसामानहरु बेला बखतमा सिमा क्षेत्र भन्दा भित्रि स्थान, विभिन्न ट्रान्सपोर्टहरुको गोदाम तथा काठमाण्डौं छेउछाउबाट पक्राउ पर्नुले पनि सिमा क्षेत्रबाट अवैध ओसार पोसार भइ रहेको भन्ने पुष्टि हुन्छ ।
सरकारी अर्थतन्त्र सुदृढिकरण अभियानलाई धोती लगाउदै सिमा क्षेत्रबाट सम्बध निकायकै संरक्षणमा तस्करी
Facebook Comments Box