सहारा दैनिक

spot_img
Homeअर्थसुनको मूल्य तोलामा नौ सयले घट्यो

सुनको मूल्य तोलामा नौ सयले घट्यो

काठमाडौँ, ३२ साउन (रासस)
स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -