सहारा दैनिक

spot_img
Homeदेशसरुवा विरुद्ध सर्वोच्चमा दायर रिट खारेज

सरुवा विरुद्ध सर्वोच्चमा दायर रिट खारेज

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ साउन ।
शिक्षक तथा कर्मचारी सरुवाको विषयमा वीरगंज महानगरपालिकालाई विपक्षी बनाउदै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
स्थानीय तहमा कार्यरत शिक्षक तथा कर्मचारी सरुवाको अधिकार स्थानीय तहकै हुने भएकाले सरुवा रोकी पाउ भनी दायर भएको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।
गत बैशाखमा महानगरपालिकाले महानगर भित्रका विद्यालय सहायक र विद्यालय सहयोगीहरुको सरुवा गरेको थियो ।
धेरै जसो विद्यालय कर्मचारीले सरुवाको पत्र बुझ्दै पठाएको ठाउमा हाजिर भएको भए पनि आफुहरु महानगरले गरेको सरुवा नमान्ने भन्दै विद्यालय कर्मचारीहरु अनिल ठाकुर हजाम र पृथ्वी प्रसाद चौरसिया सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए ।
कर्मचारीले माग गरे बमोजिम सरुवा यथास्थितिमा राख्न भन्दै सर्वोच्च अदालतले गत असार १२ गते अल्पकालिन अन्तरिम आदेस दिएको थियो ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. मनोज कुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विद्यालयका शिक्षक तथा कर्मचारी सरुवा गर्ने अधिकार स्थानीय सरकारकै हुने आदेश गर्दै महानगर विरुद्ध परेको रिट खारेज गरिदिएको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -