सहारा दैनिक

spot_img
Homeदेशहेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

काठमाडौँ, २३ साउन (रासस)
एयर डाइनेस्टीको कल साइन ९ एन(एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ ।
आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका(७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो ।
हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड््डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ ।
सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -