सहारा दैनिक

spot_img
Homeअपराधकेसरी एण्ड केसरी सन्स ईम्पेक्समा छापामारी

केसरी एण्ड केसरी सन्स ईम्पेक्समा छापामारी

म्याद नाघेको पेप्सी, स्प्राईट, माउण्टेन डियू, सलाईस र मिरिन्डा नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
कलैया, १९ साउन ।
बारा प्रहरीले म्याद नागेका पेप्सी, स्प्राईट, माउण्टेन डियू, ठगउ, सलाईस र मिरिन्डा नियन्त्रणमा लिएको छ ।
विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका टोलीले कलैया उपमहानगरपालिका वडा नं. १ राजदेवी टोल स्थित केसरी एण्ड केसरी सन्स ईम्पेक्सको गोदामबाट म्याद नागेका पेप्सी, स्प्राईट, माउण्टेन डियू, ठगउ, सलाईस र मिरिन्डा नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले अमित केसरीको नाममा दर्ता रहेको केसरी एण्ड केसरी सन्स ईम्पेक्समा छापामारी गर्दा म्याद नाघेको पेप्सी, स्प्राईट, माउण्टेन डियू, ठगउ, सलाईस र मिरिन्डा समेत गरी ४८२ क्यारेट फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक जटाशंकर यादवले जानकारी दिनु भयो ।
फेला परेको ११ हजार ५ सय ६८ बोतल पेय पदार्थहरुको अं.मुल्य रू.८ लाख १९ हजार ४ सय रूपैया बराबर रहेको प्रनि यादवले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिईएको म्याद नाघेका पेय पदार्थहरु सम्बन्धमा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिप्रका बाराले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -