सहारा दैनिक

spot_img
Homeअर्थबिल भन्दा बढि सामानहरु लोड ट्रक नियन्त्रण

बिल भन्दा बढि सामानहरु लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
कलैया, १७ साउन ।
बारा प्रहरीले बिल भरपाई भन्दा बढि सामान र श्रोत खुलाउन नसकेको सामानहरु लोड रहेको एक ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयाबाट बिल भरपाई भन्दा बढि सामान र श्रोत खुलाउन नसकेको सामानहरु लोड रहेको एक ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौं तर्फ जांदै गरेको प्र २–०३–००१ ख ३६८९ नम्बरको ट्रकलाई रोकेर चेकजांच गर्दा बिल भरपाई भन्दा बढि सामान र श्रोत खुलाउन नसकेको रु. ७छ लाख १० हजार ८ सय ९६ मुल्य बराबरको मोविल, कस्मेटिक, मेशनरी पार्ट, ब्याट्री, चना र अन्य सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
विल भरपाई शंकाष्पद देखिए पनि उक्त सामानहरु सहित ट्रक आवस्यक कारवाहीको राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रनाउ सापकोटाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -