सहारा दैनिक

spot_img
Homeअपराधकामदार र छिमेकी बाटै पुर्व मन्त्री रायको हत्या भएको खुलासा

कामदार र छिमेकी बाटै पुर्व मन्त्री रायको हत्या भएको खुलासा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ साउन ।
पुर्व राज्यमन्त्री रामचन्द्र रायको हत्यामा निजकै काम गर्ने र छिमेकीको संलग्नता रहेको खुलेको छ ।
पुर्व मन्त्री रायको साउन ६ गते राती हत्या भएको घट्नामा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले मृतक रायकै घरमा काम गर्ने एक जना र छिमेकी एक जनालाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी रायको हत्या बारे जानकारी दिंदै पक्राउ परेका निजका कामदार २५ वर्षीय रामउजैन राय र छिमेकी ४६ वर्षीय विरेन्द्र राय यादवलाई सार्वजनिक गरेको हो ।
साउन ६ गते आइतवार राती करिब साढे १२ बजेको समयमा सर्लाही जिल्ला चन्द्रनगर गाउपालिका वडा नं. १ रतनपुर स्थित फार्महाउसमा उखु काट्नको लागि प्रयोग गरिने धारिलो हतियार फरसा प्रहार गरि रायको हत्या गरेको थियो ।
रायको हत्या भएको भोलिपल्टै प्रहरीले निजको घरमा काम गर्ने कबिलासी नगरपालिका वडा न–३ घरभई हाल चन्द्रनगर गाउपालिका वडा नं. १ रतनपुर बस्दै आएका २५वर्षीय रायलाई सोधपुछको लागि हिरासतमा लिएका थिए ।
घटनाको भोली पल्ट बिहान साढे ९ बजे प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसंधान ब्युरोबाट खटिएका प्रहरी टोली,जिल्ला प्रहरी कार्यालय र अन्य टिमसंग समन्वय गरि थप अनुसंधानका क्रममा घटना स्थलबाट करिब २०/२५ मिटर पश्चिम बासको झ्याङमा रगत तथा कपाल समेत लागेको अवस्थामा फलामको धारिलो हतियार फरसा १ थान र घटना स्थल देखि पश्चिम उत्तरतर्फ रहेको बारीको छेउको बाटो तर्फ सेतो सेण्डो गंजी तिनटुक्रा च्यातेर गोलो भकुण्डो जस्तो बनाई फालेको अवस्थामा फेला पारेका थिए ।
जिप्रका सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले दिएको जानकारी अनुसार पक्राउ परेका अभियुक्त बिरेन्द्र राय र पुर्व राज्यमन्त्री राय बिच जग्गा सम्बन्धि मतभिन्नता र आर्थिक प्रलोभनका कारण हत्या भएको हो ।
करिब एक महिना अगाडि बिरेन्द्रले राम उजैनलाई पुर्व राज्यमन्त्री रायको घर जग्गाको नक्सा झुक्याएर मागि उक्त नक्साको फोटो र भिडियो समेत बनाएका थिए ।
घटनाको केही दिन पहिला बिरेन्द्रले राम उजैनलाई पुर्व राज्यमन्त्री रायले मेरो जग्गा ओगटेर घर बनाइ बसेकोले रायको हत्या गरे बापत दुई लाख रुपैया र व्यवसायको लागि एउटा फर्म बनाइदिन्छु भनि प्रलोभन दिएर हत्या गर्न लगाएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -