सहारा दैनिक

spot_img
Homeअर्थपौने दुई करोड भन्दा बढीको सामानहरू लोड ट्रकहरू नियन्त्रण

पौने दुई करोड भन्दा बढीको सामानहरू लोड ट्रकहरू नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० साउन ।
पर्सा प्रहरीले एक करोड बयासी लाख भन्दा बढीको काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरू लोड ट्रकहरू नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. २५ स्थित चण्डाल चोकबाट काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरू लोड दुई ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ना.५ ख २९१२ र ना.३ ख ७७२७ नम्बरको ट्रकहरूमा लोड रहेको काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरूको अ.मु.रू. १ करोड ८२ लाख ६ हजार ४ सय ३८ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि विहिवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -