सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ साउन ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले छुट्टा–छुट्टै स्थानबाट रु. १७ लाख ६६ हजार ४ सय २५ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको टोलीले वी.म.न.पा. वडा नं. १६ भन्सार मेनगेट वरपर तथा अन्य बिभिन्न नाकाहरुबाट भारतबाट अबैध रुपमा भन्सार छलि भित्रियाइएको उक्त मुल्य बराबरको अवैध सामानहरु बरामद गरेको हो ।
प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको टोलीले १० वटा साईकल तथा बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोडगरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. १४ लाख ४७ हजार ६ सय १५ मुल्य बराबरको किराना, कपडा, मोटरपाटर््स, हार्डवेयर, जुत्ता/चप्पल, स्याउ, खजुर, साईकल १० वटा, र ब्यक्तिले प्रयोग गर्ने नर्मल औषधिहरु बरामद गरी आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यसै गरी विशेष सुचनाको आधारमा प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको टोलिले वी.म.न.पा. वडा नं. १६ स्थित बाईपास रोडबाट अबैध रुपमा भन्सार छलि ल्याई रिमा अग्रवालको घरको दोश्रो तल्लामा भग्वान यादवले गोदाम गरी राखि राखेको रु. ३ लाख १८ हजार ८ सय मुल्य बराबरको ःइल्इ श्क्ष्ल्ऋ मल ८९६ किलो र बोरा सिलाउने मेसिन २ थान नियन्त्रणमा लिइ आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
Facebook Comments Box