सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ साउन ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वर्षातको समयमा हुनसक्ने डुबानलाई तत्काल निकास दिन सफाइकर्मीलाई निर्देशन दिनुभएको छ ।
मेयर सिंहले वीरगंज महानगरका ३२ वटै वडाका नाइकेहरुलाई वर्षातको समयमा हुनसक्ने डुबानलाई मध्य नजर गरी फोहोर व्यवस्थापनमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिनुभएको हो ।
उहाले वर्षातको समयमा नाला जाम भएर हुन सक्ने डुबानको समस्यालाई समाधान गर्न ३२ वटै वडामा रहेका नालाहरु पूर्णरुपमा सफाई गर्न सफाइकर्मीका नाइकेहरुलाई निर्देशन दिनुभएको हो ।
वीरगंजको सफाईमा आफूले कसैसंग कुनै सम्झौता नगर्ने भन्दै उहाले त्यसका लागि फोहोर संकलन तथा व्यवस्थापनमा विशेष ध्यान दिन सफाइकर्मीलाई निर्देशन दिनुभएको हो ।
वीरगंजमा फेरि फोहोर बढेकोमा चिन्ता व्यक्त गर्दै मेयर सिंहले फोहोर व्यवस्थापनमा हेलचेक्रयाई गर्ने सफाइकर्मीलाई कारवाही गरिने चेतावनी पनि दिनु भयो ।
उहाले वीरगंजमा फेरि फोहोर बढ्यो भन्दै यसको समाधान मलाई चाडो चाहियो, अन्यथा म सबैलाई कारवाही गर्छु भन्दै चेतावनी दिनु भयो ।
त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले सफाइमा कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिंदै थप जनशक्तिको आवश्यक परे त्यो पनि व्यवस्थापन गर्न तयार रहेको बताउनु भयो ।
बैठकमा योजना प्रमुख अवधेश साह, सरसफाई शाखा प्रमुख सर्फूद्दिन मियाँ, वातावारण शाखा प्रमुख राकेश साह, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल सहित ३२ वटै वडाका सफाईकर्मीका नाइकेहरुको सहभागिता रहेको थियो ।
बर्षातलाई मध्य नजर गरी सफाईमा सकृय हुन मेयर सिंहको निर्देशन
Facebook Comments Box