सहारा दैनिक

spot_img
Homeदेशमधेशज्ञानदाका विद्यार्थीहरूको पदभार र शपथ ग्रहण

ज्ञानदाका विद्यार्थीहरूको पदभार र शपथ ग्रहण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ असार ।
ज्ञानदा एकेडमीले नयाँ नेतृत्वका लागि विद्यार्थीहरूको पदभार र शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
ज्ञानदाले सोमबार आफ्नै बहुउद्देश्यीय सभा हलमा एकेडमीमा अध्ययनरत छात्रछात्राहरुलाई नयाँ नेतृत्व र जिम्मेवारी दिन आयोजित पदभार र शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाको सभापतित्व तथा प्रमुख अतिथि वीरगंज पब्लिक कलेजका निर्देशक, शिक्षाविद् एवं मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा २४ जना पदाधिकारी हरूलाई व्याच र पदभार ग्रहण गराइएको छ ।
कार्यक्रममा हेडव्याय तथा हेड गर्ल, डेपुटी हेडव्याय तथा हेड गर्ल, डिसिप्लिन इन्चार्ज व्याय र गर्ल, स्पोर्टस व्याय र गर्ल , स्कुल कल्चर ल हेड व्याय, हेड गर्ल, एकेडेमिक कमिटि हेड व्याय, हेड गर्ल, स्कुल इन्भायरमेन्टल हेड व्याय, हेड गर्ल, स्कुल इन्भायरमेन्टल डेपुटी हेड व्याय –गर्ल , स्कुल टेक्नीकल डिपार्टमेन्ट कमिटि हेड व्याय– गर्ल तथा एकेडेमीक प्रिफेक्ट्स, हाउस कैप्टेन व्याय र गर्ल, डेपुटी हाउस क्याप्टेन व्याय र गर्ल तथा हाउस प्रिफेक्ट्सहरूलाई पदभार ग्रहण र ब्याच प्रदान गरिएको हो ।
जस अनुरुप हेड व्याय र हेड गर्लमा क्रमशः मयंक मित्तल र रितिका तिवारी, डेपुटी हेड व्याय र हेड गर्लमा क्रमशः युग तुलस्यान र खुसाली जाटिया त्यस्तै स्कुल डिसिप्लिन हेड व्याय र हेड गर्लमा क्रमशः सक्षम हिम्मतरामका र शिला सिन्हा छन भने स्कूल स्पोटर्स क्याप्टेन व्याय र गर्लमा क्रमशः रूद्र प्रताप मिश्र र सिमरन श्रेष्ठ रहेका छन ।
कार्यक्रममा ज्ञानदा एकेडेमीका निर्देशक द्वय विनित लोहिया र प्रमोद चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -