सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० असार ।
सशस्त्र प्रहरी बल पर्साले विभिन्न स्थानबाट बरामद गरेको भन्सार छलीका सामानहरु भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटीएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १४ गण्डक चोकबाट भन्सार छली बिभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी जितपुर तर्फ लैजादै गरेको अवस्थामा रु. ३ लाख २९ हजार ४ सय ६५ मुल्य बराबरको किराना र हार्डवयरका सामान नियन्त्रणमा लीई आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको जनाएको छ ।
त्यसै गरी प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वी.म.न.पा वडा नं. १७ अलौ चौकबाट रु.१ लाख ४१ हजार ९ सय ९० मुल्य बराबरको कपडा र किराना सामान बरामद गरेको छ भने प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको गाडी मोबाईल टोलीले वी.म.न.पा वडा नं. १६ बांसझ्यांग ईलाकाबाट रु. २ लाख ४७ हजार ७ सय ६० मुल्य बराबरको लेडिज कपडा, किराना सामानहरु र. रु. ८० हजार मुल्य बराबरको १ वटा पशुचौपाया (भैसी) नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
यसरी नै बि.ओ.पि. ड्राईपोर्टबाट खटिएको मो.सा. गस्ति टोलीले वी.म.न.पा वडा नं. २४ बहुअरी चोकबाट रु. २३ हजार मुल्य बराबरको किराना सामान बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ ।
Facebook Comments Box