सहारा दैनिक

spot_img
Homeदेशगण्डकीअनलाइन ठगी गर्ने महिला पक्राउ

अनलाइन ठगी गर्ने महिला पक्राउ

तनहुँ, २९ असार (रासस)
जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका ५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।
निजले तनहुँको व्यास नगरपालिका १ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल हृवाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर रु पाँच लाख ठगी गरेकी थिइन् ।
पक्राउ परेकी थापा विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -