काठमाडौँ, २६ असार (रासस)
समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी घटकदलहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले राससलाई जानकारी दिनुभयो ।
“समाजवादी मोर्चालाई सक्रिय बनाउने, व्यवस्थित बनाउने र मोर्चालाई देशभर विस्तार गर्ने विषयमा सैद्धान्तिक छलफल भएको छ, छिट्टै अर्को बैठक बसेर थप निर्णय गर्नेछौँ”, अध्यक्ष यादवले भन्नुभयो ।
मोर्चालाई सक्रिय बनाएर सातै प्रदेशमा संगठन विस्तारबारे कुराकानी भएको उहाँले बताउनुभयो ।
छलफमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेक्रवित्रम चन्द विप्लब, नेपाल समाजवादीका अध्यक्ष यादवसहितका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो ।
समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल
Facebook Comments Box