धनुषा, २२ असार (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले छ जना मन्त्रीलाई पदमुक्तगर्नुभएको छ ।
मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उहाँरूले राजीनामा नदिएपछि उहाँहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले राससलाई बताउनुभयो ।
मुख्यमन्त्री सिंहलेनेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
हालै नेकपा एमाले(नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमतिभएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गर्नुभएको हो । प्रदेशसभामा आज उहाँले विश्वासको मत लिने कार्यसूची छ ।
Facebook Comments Box