सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ असार ।
सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको २३ कार्टुन कुखुराको चल्ला नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल बिओपि अमरपट्टीबाट खटिएको टोलीले पर्सा जिल्ला विन्दवासिनी गा.पा. वडा नं. ४ ईटियाहि चौकबाट नियन्त्रणमा लिएको कुखुराको चल्ला नष्ट गरेको हो ।
भारतबाट अबैध रुपमा भन्सार छली मो.सा. मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा रु. २ लाख ३० हजार मुल्य बराबरको २३ कार्टुनमा रहेको २ हजार ३ सय गोटा बोईलर कुखुराको चल्ला बरामद गरी बिओपि अमरपट्टीको चौरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
कुखुराको चल्ला बोकेर ल्याइएको मोटरसाइकलको रु. १ लाख २५ हजार मुल्यांकन गरी आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
भारतीय कुखुराको चल्ला नष्ट
Facebook Comments Box