सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ असार ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस निजीक्षेत्रको संरक्षण, सम्बर्द्धन एवम् प्रबर्द्धनका लागि सदैव तत्पर रहने पार्टी भएको बताउनु भएको छ ।
वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा नेता डा. कोइरालाले कांग्रेस खुला एवम् उद्दार अर्थतन्त्रका पक्षपोषक भएको बताउनु भयो ।
उहाले उद्योग, व्यापार सम्बन्धी समस्या, बैंक सम्बन्धी अपारदर्शी नीति एवम् कर, राजस्व, भंसार सम्बन्धी नीतिगत जटिलतालाई निरुपण गर्दै जानु पर्नेमा जोड दिनु भयो ।
उहाले आउदा दिनहरुमा अर्थतन्त्रका साथै उद्योग व्यापार र निजी क्षेत्रका आवाजलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउदै उद्योगी व्यवसायीहरुको समस्याहरुलाई आफूले गम्भीरता पूर्वक लिएको बताउनु भयो ।
सो अवसरमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले पर्सा–बारामा अवस्थित उद्योग, व्यापारको खस्किदो अवस्था, निजी क्षेत्रले भोगिरहेका प्रशासनिक एवम् प्रक्रियागत जटिलता बारे डा. कोइारालाको ध्यानाकर्षण गराउनु भएको थियो ।
उहाले बैंक तथा वित्तीय संस्थासाग सम्बन्धित अनेकानेक नियमनकारी निर्देशिका र नीतिगत जटिलताका साथै कर, राजस्व, भंसार सम्बन्धी अपारदर्शी/अव्यवहारिक ऐन नियमका कारण आर्थिक क्रियाकलाप निरन्तर खस्किरहेको बारे डा. कोइरालालाई अवगत गराउदै यी नीतिगत समस्याहरुलाई समाधानका लागि पहल गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय कुमार सरावगी, ओमप्रकाश सिकरिया, उपाध्यक्ष माधव राजपाल, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको सहभागिता रहेको थियो ।
कांग्रेस खुला एवम् उद्दार अर्थतन्त्रका पक्षपोषक पार्टी हो–डा. कोइराला
Facebook Comments Box