सहारा दैनिक

spot_img
Homeदेशमधेशपोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहा, १८ असार (रासस)
सिरहाको नरहा गाउँपालिका ३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उहाँका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -