सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ असार ।
सशस्त्र प्रहरी बलले बिलबिजक विनाको सामान सहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको गाडी मोबाईल टोलिले आदर्शनगरबाट पावरहाउस तर्फ जादै गरेको बिलबिजक विनाको सामान सहित एक ट्रक नियन्क्रणमा लिएको हो ।
सशस्त्रको टोलीले शुत्रवार वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर चोकबाट ना ४ ख ३७५९ नं.को ट्रक (कन्टेनर) लाई रोकेर चेक जाँच गर्दा बिलबिजक (ख्ऋत्क्) बिनाका भन्सार दाखिला मुल्य रु.५ लाख ८६ हजार ५ सय मुल्य बराबरको प्याज ४८ किलो तौल भएको ५० बोरा, प्रति बोरा ५० किलो तौल भएको २२ बोरा चिनि र साईकल ५३ गोटा भेटिए पछि उक्त सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यसै गरी स.प्र.बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले वी.म.न.पा. वडा नं. १९ बर्वा स्थित विन्दवासिनी मन्दिर अगाडी भारतबाट अबैध रुपमा पैठारी गरी साईकलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको रु. ३ लाख मुल्य बराबरको ३ हजार गोटा प्रतिबन्धित बोइलर कुखुराको चल्ला बरामद गरेको जनाएको छ ।
बरामद गरिएको चल्ला पशु क्वारेनटाईन पर्साका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, ग्रामिण कुखुरा व्यवसायी संघका प्रतिनिधि तथा संचारकर्मीको रोहबरमा शुक्रवार स.प्र.बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा परिसर भित्र नष्ट गरिएको गरिएको छ ।
बिलविजक बिनाको सामान लोड ट्रक भन्सार चलान
प्रतिबन्धीत भारतीय कुखुराको ३ हजार चल्ला नष्ट
Facebook Comments Box