सहारा दैनिक

spot_img
Homeदेशसुशासन र पारदर्शिताबाट नै बैभव बीरगंजको अभियान सफल हुन्छ–मेयर सिंह

सुशासन र पारदर्शिताबाट नै बैभव बीरगंजको अभियान सफल हुन्छ–मेयर सिंह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ असार ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नागरिक सुशासन, पारदर्शिता र जनअपेक्षा अनुरुप वैभव बीरगंज बनाउने अभियानमा जुटि रहेको बताउनु भएको छ ।
बिहिवार वीरगंजमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले नगरवासीको सहयोग र सहकार्यबाट मात्रै वैभव वीरगंजको परिकल्पना साकार हुने बताउनु भयो ।
उहाले वीरगंज महानगरपालिकाका ३२ वटै वडामा हालै सम्पन्न नगर सभाबाट समानुपातिक रुपमा आगामी आर्थिक बर्षको बजेट विनियोजन गरिएको भन्दै वडा स्तरीय योजना छनौट गर्दा जनप्रतिनिधिहरु जनताको घरदैलोमै पुगेर समस्या बुझ्नु पर्नेमा जोड दिंदै भोटको राजनीति भन्दा माथि उठेर समग्र वीरगंजको विकासका लागि लाग्न जनप्रतिनिधिहरुलाई आग्रह पनि गर्नु भयो ।
कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले वीरगंजमा हाल खानेपानीको समस्या विकराल बन्दै गएको र ढल नलको व्यवस्थापन, सकडमा अव्यवस्थित रुपमा रहेका विजुलीका पोल तथा तारहरुको व्यवस्थापन, वर्षामा डुवान हुने समस्याको समाधान गर्न मेयरको ध्यानाकर्षण गराएका थिए ।
वीरगंज महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसियाको सभापतित्वमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिका आम सञ्चार प्रबर्द्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीले नागरिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा संचारकर्मी एवं विश्लेषक ओम प्रकाश खनालले सार्वजनिक सुनुवाई सम्बन्धी टिप्पणी गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संचारकर्मी उज्जवल घिमिरले गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -