सहारा दैनिक

spot_img
Homeअर्थभन्सारको सहजीकरण र राजस्व अनुसन्धानको संरक्षणमै तस्करी

भन्सारको सहजीकरण र राजस्व अनुसन्धानको संरक्षणमै तस्करी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ असार ।
अवैध नाकाहरुबाट तस्करी गरिरहेका तस्करहरु अहिले वीरगंज भन्सार कार्यालय (आइसिपि) परिसरलाई नै प्रयोग गरेर आफ्ना अवैध धन्धालाई निरन्तरता दिएका छन ।
विगतमा पर्सा जिल्ला सदरमुकाम वीरगंज सहित ग्रामिन सिमानाकाबाट अवैध रुपले रातीको समयमा भारतीय समाग्रीहरु भन्सार छली नेपाल भित्रियाएर गन्तव्य सम्म पुर्‍याउने गरेका तस्करहरु अहिले वीरगंज भन्सार परिसरबाटै भन्सार छली गरी मालसामानहरु भारतबाट नेपाल भित्रियाउने गरेको समाचार बाहिरिएको छ ।
कुख्यात तस्करहरु रामाशंकर, सनोज, वृजकिशोर, प्रदिप, रामजाने र गुड्डु लगायतले विगतमा स्थानीय केरियर (भरिया तस्कर) मार्फत अवैध नाकाहरु प्रयोग गरी भारतबाट भन्सार छली नेपाल भित्रियाएर वीरगंज स्थित ठुलो मदन र सानो मदनको ट्रन्सपोर्ट मार्फत गन्तव्य सम्म कपडा, काजु, हार्डवेयर, मोटरपार्टस लगायत किराना सामग्रीहरु गन्तव्य सम्म पुर्‍याउने गरेका थिए ।
तर पछिल्लो समय सरकारले सुरक्षा निकायलाई सिमा क्षेत्रको अवैध ओसार पोसार (तस्करी) नियन्त्रण गर्न कडा निर्देशन दिए पछि अहिले ति तस्करहरु वीरगंज भन्सार कार्यालय (आइसिपि) परिसरलाई नै तस्करीको सुगम स्थलको रुपमा प्रयोग गरी अवैध धन्धालाई निरन्तरता दिइरहेको समाचार श्रोतले जनाएको छ ।
वीरगंज भन्सार कार्यालयका केही भ्रष्ट अधिकारीको सहजिकरण र राजस्व अनुसन्धान कार्यालय पथलैयाका केही कर्मचारीको संरक्षण मै दैनिक करोडौं राजस्व चुहावट हुने गरेको पछिल्लो केही घटना क्रमले पुष्टि गरेको छ ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगाना र प्रमुख प्रसाशक डिलाराम पन्थीलाई केहि दिन अघि सुचना आए पछि भन्सार कार्यालयबाट जांच पास भई निस्किने तरखरमा रहेको ४ वटा कपडा लोड रहेको नेपाली तथा भारतीय नम्बरको पिकअप गाडि नियन्त्रणमा लिएर रिचेक गरिएको थियो ।
उक्त पिकअप गाडिहरु मध्ये वि.आर. ०६ जि.ए.–४३६१ नम्बरको गाडिमा जांच पास भएको अदत भन्दा दोब्बर अदतमा कपडा लोड रहेको फेला परेको भन्सार श्रोतबाट बुझिन आएको छ ।
उक्त पिकअपमा लोड रहेको कपडा छोड्न भन्सार कार्यालयले अनुसन्धान पश्चात लाग्नु पर्ने भन्सार महशुलको तेब्बर जरिवाना गरी झण्डै रु. ३३ लाख थप राजस्व असुली गरेको घटनाले पनि वीरगंज भनसार कार्यालय परिसरबाट तस्करी भइ रहेको पुष्टि हुन्छ ।
एक दिन सुचना आउदा एउटा पिकअप गाडिबाट मात्र ३३ लाख राजस्व चुहावट भएको फेला परेको थियो । जबकी ति तस्कर समुहले ठुला मदन, साना मदन, विनोद रोडवेज र अशोक रोडवेज मार्फत विभिन्न क्लियरिंग एजेन्टलाई प्रयोग गरी दैनिक रुप मै दर्जनौ ट्याक्टर, पिकअप, ट्रक र मिनि ट्रक केही मास्टर एवं जांचकीलाई मिलाएर होस वा झुक्याएर करोडौं राजस्व चुहावट गरी मालसामान भित्रियाउने गरेको श्रोतको दावी छ ।
यसरी भन्सार कार्यालय परिसरलाई नै तस्करहरुले सुगम स्थलको रुपमा प्रयोग गरिरहेको र जरिवाना गरिएको पिकअप गाडिको बारेमा जिज्ञासा राख्दा प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले भने यो नियमित प्रकृयामा रिचेक गरेको बताएका थिए । भन्सारबाट यस्तो अवैध कारोवार नहुने पनि दावी गर्दै घुमाउरो रुपले अस्पष्ट जवाफ दिनु भएको थियो ।
यसरी नै विभिन्न तिगड्म गरी तस्करहरुले भारतबाट अवैध रुपले भित्रियाएको मालसामानहरु लोड रहेको मालबाहक सवारी साधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिएर बुझाएको होस वा आफ्नै गस्ति टोलीले नियन्त्रणमा लिए पनि राजस्व अनुसन्धान कार्यालय पथलैबाट क्लिन चिट लिएर गन्तव्य सम्म जाने गरेको श्रोतले जनाएको छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत प्रेम देवकोटाका विस्वास पात्र मानिएका अनुसन्धान अधिकृत रेशम भण्डारी नेतृत्वमा रहेको आमिर दाहाल सहितका टोलीले गस्तिका क्रममा नियन्त्रणमा लिएका होस वा सुरक्षा निकायले नियन्त्रणमा लिएर अनुसन्धानका लागी बुझाएको मालबाहक सवारी साधन चेकजांचको नाटक मन्चन गरी अवैध असुली गरेर क्लिन चिट दिने गरेको पछिल्लो एक घटना क्रमले पुष्टि गरेको छ ।
जेठ २३ र २४ गते राती रेशम भण्डारी नेतृत्वको टोलीले बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका अन्तरगत पथलैया देखि अमलेषगञ्ज सम्मबाट झण्डै २० वटा सवारी साधनहरु नियन्त्रणमा लिएर रातारात रकम असुली गरी क्लिन चिट दिएको घटना बारेको चर्चा अहिले चरम उ
त्कर्षमा छ । उक्त सवारी साधनलाई छाड्न लिखित रुपमा आदेस दिएका अनुसन्धान अधिकृत भण्डारीले कार्यालयमा भने दर्ता नै नगरेको समेत श्रोतबाट बुझिन आएको छ । जस बारे राजस्व अनुसन्धान विभागले पनि सोधी खोजी गरिरहेको बताइन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -