सहारा दैनिक

spot_img
Homeदेशमधेशनेपाल–भारत खुल्ला सिमा सुमधुर सम्बन्धको सेतु–वक्ताहरु

नेपाल–भारत खुल्ला सिमा सुमधुर सम्बन्धको सेतु–वक्ताहरु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ असार ।
खुल्ला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको वक्ताहरुले बताएका छन् ।
नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह, फर्साले बुधबार वीरगंजमा आयोजना गरेको “खुल्ला सिमा– सुमधुर सम्बन्धको सेतु” विषयक अन्तरक्रिया कार्यत्रमका वक्ताहरुले यस्तो बताएका हुन ।
नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको सभाफतित्वमा आयोजित अन्तरक्रिया कार्यत्रममा दुवै देशका अगुवाहरुले खुल्ला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको बताएका हुन ।
अन्तरकृयामा समुहका राष्ट्रिय अध्यक्ष डा. झाले इपीजी रिपोर्ट बनाउने समिति समावेशी नभएको बताउदै नेपाल–भारत सीमा सम्बन्धि ज्ञान नभएका व्यक्तिहरुले बनाएकोले नमान्ने बताए । उनले वल्ड ग्लोबलाइजेसन तर्फ अग्रसर भैरहेको बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यास्फद रहेको बताए ।
अन्तरक्रियामा राष्ट्रिय मुत्ति क्रान्तिका नेता केशव झाले भने– दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको बताउदै नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता–जनताबीच सम्बन्ध कायम थियो ।
उनले नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानुनले मात्रै चल्न सक्दैन, किनकि यहाँ बहुआयामिक सम्बन्ध छ । खुल्ला सीमा अवसर हो दुवै देशको लागि र यहाँका जनता रक्षक हुन भने ।
त्यस्तै वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले सीमा सुरक्षाको नाममा मधेशमा सैनिकिकरण भैरहेको बताउदै उनले सीमा क्षेत्रमा रहेका जनताहरुको भावना अनुरुप नियम कानुन बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सिमावर्ती भारतीय सहर रक्सौलका समाजसेवी एवं व्यवसायी महेश अग्रवालले खुल्ला सीमा दुबै देशका जनताको आवश्यकता रहेको बताए भने मधेश प्रदेशका सभासदस्य श्याम पटेलले सरकारले चाहंदैमा बोर्डरमा तारबार लगाउन नमिल्ने बताए ।
अन्तरकृयामा प्राध्यापक डा. प्रमोद कुमार कुशवाहा, डा. घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्य, भारतीय महावाणिज्यदूतावासका शशि भुषण, अनिरुद्ध सिंह कल्वार लगायत समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, पत्रकार, राजनीतिकर्मीको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -