काठमाडौँ, ११ असार (रासस)
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको रु दुई करोड लुटपाटमा संलग्न रहेको अभियोमा प्रहरी हबल्दारसहित चारजनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार ओखलढुङ्गा मानेभन्ज्याङ(३ घर भइ हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ का ३१ वर्षीय भीमबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ का ३१ वर्षीय सुजन रसाइली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ घर भई हाल नेपाल प्रहरीको “सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज” मा कार्यरत ३८ वर्षीय प्रहरी हबल्दार कृष्णबहादुर बोहरालाई पक्राउ गरिएको हो ।
उक्त कार्यालयले आज पत्रकार सम्मेलन गरेर आरोपितहरूलाई सार्वजनिक गर्दै उनीहरूले यही असार ४ गते आफूहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा आबद्ध रहेको बताउँदै राउतको घरभित्र प्रवेश गरी धम्क्याएर दराजमा राखेको रु दुई करोड लुटेर फरार भएका थिए ।
Facebook Comments Box