सहारा दैनिक

spot_img
Homeदेशबागमतीजंगली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

जंगली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

मकवानपुर, ९ असार (रासस)
मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् ।
आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्‍याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उहाँकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् । बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -