सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारअवैध भारतीय मल बरामद

अवैध भारतीय मल बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ असार ।
वीरगंज महानगरपालिका वडा नं. १६ स्थित एक गोदाममा छापामारी गरी प्रहरीले भारतीय मल बरामद गरेको छ ।
तस्करहरुले भारतीय मल भन्सार छली चोरी पैठारी गरी ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १० लाख मुल्य बराकरको मल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीमनपा वडा नं. १६ स्थित बैष्णोदेवी मन्दिर अगाडी बृज किशोर महतोको घरमा भाडामा लिइ नवलपरासी जिल्ला कावासोती नगरपालिका वडा नं.९ बस्ने ज्ञान बहादुर महतोले भारतबाट भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरी राखिएको अवस्थामा मल बरामद गरेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा गोदामबाट ७१२ बोरा (प्रति बोरा ५० किलो दरले) भारतीय मल र निज ज्ञान बहादुर महतोलाई नियन्क्रणमा लिई आवश्यक कारवाहीको लागि शुत्रवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रनाउ भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -