सहारा दैनिक

spot_img
Homeअपराधजंगली हातीको दुई वटा दारा सहित ३ जना पक्राउ

जंगली हातीको दुई वटा दारा सहित ३ जना पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ असार ।
जंगली हातीको दुई वटा दारा सहित पर्सा प्रहरीले तिनजनालाई पक्राउ गरेको छ ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्सा जिल्ला ठोरी गाउपालिकाबाट जंगली हातीको दारा सहित ३ जनालाई पक्राउ गरेको हो ।
विगत केही महिना अगाडी देखि ठोरी गा.पा. वडा नं.४ गोरखपुर टोलमा अफरिचित व्यक्तिहरूले हातीको दारा वित्री गर्नको लागि ग्राहक खोजी रहेको भनी सूचना प्राप्त भए पछि गोप्य रूपले प्रहरी परिचालन गरी हातीको दारा बारेमा पता लगाऊने क्रममा शुत्रवार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
शुक्रवार विहान ठोरी गा.पा.वडा नं.४ चन्द्र परियारको खेतमा खाल्डो खनी अं.२१/२१ किलो तौल भएको दुई वटा हातीको दारा जस्तो देखिने बस्तुहरू फेला परेको प्रहरीले जनाएको छ ।
हातीको दारा जस्तो देखिने बस्तुहरू फेला परे पछि सो कार्यमा सलंग्न रहेको आरोपमा ठोरी गाउपालिका वडा नं.४ विजयबस्ती गुम्बालाइन बस्ने वर्ष ४१ को कुइसंग लामा, वीरगंज महानगरपालिका वडा नं.१४ पिप्रा बस्ने वर्ष ४० प्रेम शर्मा र वी.म.न.पा.वडा नं.३१ बस्ने अमिरीलाल महतोलाई नियन्त्रणमा लिइ जिल्ला डिभिजन वन कार्यालयसंग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रनाउ भारतीले जानकारी दिनु भयो ।
हाल सम्म अनुसन्धानका क्रममा नेपाली रू.५० दरको नोटमा सूचना स्वरूप मिति समेत उल्लेख भएको फोटो तथा भिडियो फेला परेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -