सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारस्वस्थ जीवनका लागि योग गरौँ–मुख्यमन्त्री सिंह

स्वस्थ जीवनका लागि योग गरौँ–मुख्यमन्त्री सिंह

जनकपुर, ५ असार (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वस्थ जीवनका लागि दैनिकरूपमा योग प्राणायाम आवश्यक रहेको बताउनुभएको छ ।
दशौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासले आज तिरहुतियागाछीमा आयोजना गरेको योग शिविरमा उहाँले युवा वर्गलाई गलत मार्गबाट जोगाउन योग तथा ध्यानतर्फ आकर्षित गर्न जरुरी रहेको बताउनुभएको हो ।
उहाँले योगको अभ्यास नियमितरुपमा घर घरमा हुनुपर्ने धारणा राख्नुभयो । युवासहित सबै वर्गका व्यक्ति स्वस्थ भएमा मात्र राष्ट्र स्वस्थ भइ समृद्धिको मार्गमा जाने उहाँको भनाइ छ । मानव जीवन सफल बनाउन योग तथा प्राकृतिक चिकित्साको ठूलो महत्व भएको उहाँले बताउनुभयो ।
मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिमालय क्षेत्रमा वैदिककालदेखि ऋषिमुनिहरुले योग गरेको उल्लेख गर्नुहुँदै योग तथा प्राकृतिक चिकित्साको अध्ययन अध्यापन नेपाल संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा हुने गरेको जानकारी दिनुभयो ।
उहाँले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्न नरदेवी आयुर्वेद कलेजले पहिलेदेखि अध्ययन अध्यापन गर्दै आएको बताउनुभयो । नेपाल सरकारले पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको उहाँले जानकारी दिनुभयो ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत वेवीसहाय मीनाले भारतका प्रधानमन्क्री नरेन्द्र मोदीले संयुत्त राष्ट्रसंघको महासभामा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन प्रस्ताव गरेको र नेपालसहित एक सय ७२ राष्ट्रले समर्थन गरेपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रमसहित विश्वभरि योग दिवस मनाउन थालिएको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मानव जीवनलाई मानसिक तथा शारीरिकरुपमा स्वस्थ राख्न नियमितरुपमा योग गर्न आवश्यक भएको धारणा राख्नुभयो । नेपालसहित विश्वभरि तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । जनकपुरधाममा योगको महत्व दर्शाउन तीन दिनको कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -