सहारा दैनिक

spot_img
Homeअर्थआइसिपिबाट बाहिरिए लगतै बिल विजक भन्दा बढि मालसामान लोड सवारी साधन नियन्क्रणमा...

आइसिपिबाट बाहिरिए लगतै बिल विजक भन्दा बढि मालसामान लोड सवारी साधन नियन्क्रणमा लिनेत्रम वृद्धि

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ असार ।
जांचपास भइ वीरगंज भन्सार (आइसिपि) बाट बाहिरिए लगतै बिल विजक एवं प्रज्ञापन भन्दा बढि तथा फरक मालबस्तु रहेको अवस्थामा मालबाहक ट्रकहरु सुरक्षा निकायले नियन्क्रणमा लिने त्रमलाई निरन्तरता दिएको छ ।
सरकारी नितिनिर्देशन अनुरुप अवैध ओसार पोसार (तस्करी) नियन्त्रण तर्फ सकृय सुरक्षा निकायले बाहिरी सिमानाकाहरुमा कडाइ गरे पछि तस्करहरुले आइसिपि परिसरलाई नै प्रयोग गरेर आफ्ना अवैध धन्धालाई निरन्तरता दिए पछि सुरक्षा निकाय त्यस तर्फ पनि सकृय भएको देखिएको हो ।


पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दिनहु जसो नै जांचपास भइ वीरगंज भन्सार कार्यालय (आइसिपि)बाट काहिरिए लगतै मालबाहन सवारी साधनहरु नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने क्रममा वृद्धि भएको छ ।
पछिल्लो समय वीरगंज भन्सार (आइसिपि) परिसरलाई प्रयोग गरी तस्करी कार्यमा ख्याति कमाएको एवं चर्चित रहेको ठुलो मदन, सानो मदन, विनोद रोडवेज र अशोक रोडवेजको विभिन्न फर्मको नामले जांचपास भइ आइसिपिबाट बाहिरिए लगतै मालबाहक सवारी साधनहरु सुरक्षा निकायले नियन्क्रणमा लिने त्रमलाई निरन्तरता दिएको पाइएको छ । यसरी आइसिपिबाट बाहिरिए लगतै प्रज्ञापन भन्दा बढि तथा फरक मालसामान लोड रहेको सवारी साधन पक्राउ पर्नुले वीरगंज भन्सार कार्यालयका कर्मचारीहरुको नियतमा पनि शंका उत्पन्न हुनुको साथै भंसार परिसरबाटै तस्करी हुने गरेको चर्चालाई पनि पुष्टि गर्छ ।
यसै क्रममा पर्सा प्रहरीले रु. २ करोड २९ लाख ३९ हजार ६ सय ५७ मुल्य बराबरको हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू लोड रहेको ३ मालबाहक ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रकहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि मंगलवार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
प्रहरी टोलीले आइतवार राती वीरगंज महानगरपालिका वडा नं. २५ आइसिपि गेट स्थित सडकखण्डबाट ना.३ ख ६९०५, ना.३ ख ५१६७ र ना.३ ख २६२० नम्बरको मालबाहक ट्रकहरू नियन्त्रणमा लिएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -