सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ असार ।
सशस्त्र प्रहरी बलले श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको चेकप्वाईन्ट डिउटी टोलिले चेकजाँचको क्रममा श्रोत नखुलेको रु. १२ लाख नगद सहित एक जनालाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार चेकप्वाईन्टबाट प्र.सि.सु.गुल्म वीरगंजको चेकप्वाईन्ट डिउटी टोलिले सिमावर्ती भारतीय सहर रक्सौलबाट वीरगंज तर्फ आउदै गरेको प्रदेश २–०३–०२० प ४२२२ नं.को मो.सा. मा सवार बारा जिल्ला जितपुर–सिमरा उ.म.न.पा वडा नं. ७ जितपुर बस्ने बर्ष अ.३८ को छठु महतो कोईरी माथी शंका लागेर चेकजाँच गर्दा निजले प्रयोग गरेको हेल्मेट भित्र लुकाई छुपाई राखेको श्रोत नखुलेको नेपाली रु. १२ लाख नगद र बिभिन्न बैंकका चेकहरु फेला पारेको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
श्रोत नखुलेको रकम फेला परे पछि निजलाई मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
Facebook Comments Box