सहारा दैनिक

spot_img
Homeअर्थ१७ लाख भन्दा बढिको भन्सार छलीका सामानहरु बरामद

१७ लाख भन्दा बढिको भन्सार छलीका सामानहरु बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ असार ।
सशस्त्र प्रहरी बल पर्साले छुट्टा–छुट्टै स्थानबाट १७ लाख भन्दा बढिको भन्सार छलीका सामानहरु बरामद गरेको छ ।
विशेष सुचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले छापामारी गरी ५ लाख मुल्य बराबरको हार्डवयरका सामानहरु बरामद गरेको हो ।
संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ लिंक रोड स्थित वी. एण्ड अरबिन्द ईन्टरप्राईजेजको गोदाममा अबैध रुपमा भन्सार छलि ल्याएर भण्डारण गरि राखेको अ. रु. ५ लाख मुल्य बराबरको हार्डवयरका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यसै गरी प्र.सि.सु. गुल्म वीरगंजबाट खटिएको टोलीले वी.म.न.पा. वडा नं. १६स्थित भन्सार मेनगेट वरपरको ईलाकाबाट भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको रु.११ लाख ५७ हजार ७५ मुल्य बराबरको किराना सामान, कस्मेटिक, कपडा, मोटरपार्टस तथा हार्डवयरका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल बि.ओ.पि. सिर्सियाबाट खटिगएको टोलिले वी.म.न.पा. वडा नं. १ छप्कैयाबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउादै गरेको रु. १ लाख ३२ हजार ८० मुल्य बराबरको कपडा र चप्पल नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -