सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारप्रदेशवासीलाई संघीयताको अनुभूति हुने गरी काम गर्छु–मुख्यमन्त्री सिंह

प्रदेशवासीलाई संघीयताको अनुभूति हुने गरी काम गर्छु–मुख्यमन्त्री सिंह

धनुषा ३२ जेठ (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशवासीलाई संघीयताको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ ।
आज मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नेपाल मधेसी निजामती कर्मचारी मञ्चका केन्द्रीय पदाधिकारीहरुसँगको छलफलमा उहाँले विगतका अनुभवबाट सिक्दै आफूले नयाँ ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री सिंहले संघीयताको कार्यान्वयन गराउन जनप्रतिनिधि र कर्मचारीहरुको अहम भूमिका हुने भएकाले सोहीअनुसार सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
“अहिले संघीयताप्रति नकारात्मक सन्देश फैलिरहेको छ । यसलाई चिर्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले हामी सबैले सजगताका साथ काम गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।
राष्ट्रसेवक कर्मचारीहरुले जनताको काम सहज तरिकाले र समयमै गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले सुशासनका लागि आफूले कुनै कसर बाँकी नराख्नेसमेत बताउनभयो ।
त्यसअवसरमा मञ्चका पदाधिकारीहरूले प्रदेश निजामती ऐनका विभिन्न विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -